पाकिस्तानमा बम विस्फोट ४५ जनाको मृत्यु ,१ सय ५० भन्दा बढी घाईते

पाकिस्तानको कराँचीमा भएको बम विस्फोटमा कम्तिमा भएको छ । अव्बास शहरको शिया बाहुल्य इलाकामा भएको विस्फोटमा परि १ सय ५० भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।

साँझको नमाज सकेर सर्वसाधारण फर्कँदै गर्दा मस्जिद नजिक बम बिस्फोट भएको थियो । विस्फोटका कारण केही भवन ध्वस्त भएका छन् । सुन्नी चरमपंथीले विस्फोट गराएको हुन सक्कने आशंका गरिएको भएपनि अहिले सम्म कुनै संगठनले यसको जिम्मेवारी लिएका छैनन् ।