फेसबुक वालमा प्रचन्ड पुत्रले यसरी दिए श्राद्धान्जली पारसलाई मृत्‍युको हल्लासहित

११ फागुन, काठमाडौं । हृदयघातका कारण बैंककमा अचेत अवस्थामा उपचार गराइरहेका पूर्वयुवराज पारसको मृत्यु भएको हल्ला चलाउने पहिलो सूत्राधार एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल निस्किएका छन् ।



स्वभावले पारसभन्दा कम नदेखिने प्रकाश दाहाल यतिबेला गैरकानूनी तेस्रो विवाहपछि समाजमा मुख देखाउन नसकेर भारतमा निर्वासित एवं भूमिगत जीवन बिताइरहेका छन् ।





सार्वजनिकरुपमा मानिसका सामु अनुहार देखाउन नसकेका प्रचण्डपुत्रले आफ्नो फेसबुक स्टाटसमा पारसको उपचारको क्रममा मृत्युभएको छ भन्दै श्रद्धाञ्जलीमात्रै दिएका छैनन्, प्रहरीको तारेख धाउँदा धाउँदै अल्पायुमै ज्यान गुमाएको समेत भनेका छन् ।



अस्पतालमा उपचार गराइरहेको व्यक्तिलाई प्रचण्डपुत्रले मृत्युको घोषणा गरेपछि नेपाल पत्रकार महासंघका महासचिवले सञ्चालन गरेको वेभसाइटले समेत ‘ज्ञानेन्द्रनिकट स्रोत’ को हवाला दिँदै पारसको मृत्यु भएको दाबी गरेपछि डाक्टरले स्वास्थ्य स्थिर रहेको र उपचार भइरहेको बताएका पारसबारे थप भ्रम फैलिएको छ ।



धेरै कुरा मिल्छ पारस र प्रकाशको

उद्दण्ड स्वभावाका धनी पारस शाह र प्रकाश दाहालको धेरै स्वभाव मिल्छ । यसरी स्वाभाव मिलेकै कारण प्रकाशलाई कतिपयले ‘नव पारस’को संज्ञा दिने गरेका छन् । दुबैको नाम ‘पी’ बाट उठेको छ । पारस र प्रकाश दुबैका पिता शक्तिशाली व्यक्ति हुन् । हुन त पारसले जसरी प्रकाशले मान्छेलाई कुट्ने आँट गरेनन् । तर, अहिले दुबैजना आफ्नै स्वाभावका कारण देशमा बस्न असहज भएर विदेशमै छन् ।



पारसले प्रकाशलेजसरी तीनवटी श्रीमती नफेरे पनि हाल बैंककमा केटीसाथी राखेको हल्ला छ । प्रकाश पनि अवैध केटीसाथीसँगै प्रवासमै बसेका छन् । पारसले जस्तै प्रकाश दाहाल दारु खाएर ढलेको तस्वीर आफैं बोल्ने गरेकै छ ।



यद्यपि प्रचण्डपुत्रलेझै फेसबुकमा मानिसहरुलाई अनर्गल गालीचाँहि पारसले गरेका छैनन् । उनी व्यक्तिगत जीवन बिताइरहेका छन् । तर, एउटै स्वभावका पारसको मृत्युको हल्ला चलाउनु र मानिसहरुमा भ्रमको खेती गरी दुख दिनुमा चाँहि उनै प्रकाशको के सम्बन्ध होला ?