युवाहरु बिगारेको आरोपमा सन्नी लियोनीलाई अदालत धाउनु पर्ने

बलिउड नायीका तथा पर्नस्टार सन्नी लियोनीविरूद्ध अदालतमा मुद्धा दायर गरिएको छ । उनीविरूद्ध व्यापारीबाट नायक बनेका कमल खानले सन्नी विरुद्ध युवाहरूलाई बिगारेको आरोप लगाउँदै मुद्धा दर्ता गरेका छन् ।


केही दिनअघि सन्नीले दिएको अभिव्यक्तिले युवालाई बलात्कारका लागी थप उत्साहित गरेको बताउँदै कमलले मुद्धा दर्ता गरेका हुन् । मुद्धा दायर भएपछी अब दुवैलाई अदालत धाउनु पर्ने छ ।यस्तै, यता सन्नीले पनि कमल विरूद्ध मुद्दा दर्ता गरेकी छिन् ।

उनले आफूले भनेको कुरालाई बग्याएर प्रचारमा ल्याएको भन्दै कमलविरुद्ध सन्नीले मुद्धा दायर गरेकी हुन् । कमलले भनेका छन्, 'सन्नी र उनका पति भारतमा पर्न चलचित्रको प्रचारका लागी आएका हुन् र उनीहरुलाई यहाँबाट लखेट्नु पर्छ ।' प्रहरीले उनीहरू दुवैले दर्ता गरेको मुद्धामा पहिले केही प्रक्रिया पुर्याएर सुनुवाई पक्रिया अगाडि बढआउने जनाएको छ