राखी सावन्त नेपाल आउने
काठमाडौं,फागुन १० । बलिउडकी कामुक अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन् । आगामी चैत १७ मा राजधानीको दशरथ रंगशालामा हुने “बलिउड म्युजिक एन्ड मस्ती” नामक कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्न लागेकी हुन् । विपनाज मिडियाले गर्न लागेको कार्यक्रममा राखीसहित कमेडी जोडी कृष्णा अभिषेक र सुदेश लेहरी पनि सहभागी हुनेछन् । त्यस्तै पाँचौं इन्डियन आइडलमा टप फाइभभित्र पर्न सफल गायिका भूमि त्रिवेदीले गीत सुनाउनेछिन् । कार्यक्रमका लागि राखीलाई १२ लाख भारु पारिश्रमिक दिन लागिएको आयोजक भरतकुमार शाहीको दावी छ । भारतीय कलाकारको ३१ सदस्यीय टोली काठमाडौंमा कार्यक्रमको अघिल्लो दिन आइपुग्नेछन् । राखीले आठ महिला र आठ पुरुष नृत्य टोलीसँग मिलेर दर्शकको फर्माइस अनुसार आधा दर्जनभन्दा बढी आइटम पस्किनेछिन् ।

कमेडी सर्कसका जोडी कृष्णा र सुदेशले तीनवटा प्रहसन र स्ट्यान्ड अप कमेडी देखाउने कार्यक्रम छ । भूमि र गायक राजदीपले भारतीय वाद्यवादकको टोलीको सहयोगमा एक९एक दर्जन गीत गाउनेछन् । नेपालको तर्फबाट जितु नेपाललगायत कलाकार तथा अभिनेत्रीहरुले प्रस्तुति दिनेछन् । आयोजकले एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँका तीन किसिमका टिकट जारी गरेको छ । टिकटको बिक्री नयाँ बानेश्वर डिपार्टमेन्टल स्टोरबाट सुरु गरिने आयोजकले जनाएको छ । बिक्री भएका टिकटमध्ये १५ भाग्यमानी ग्राहकलाई राखी सावन्तसँग लन्च गर्ने अवसर दिइने आयोजकको योजना छ ।