नुवाकोट,फागुन १० । नुवाकोटको साततले दरबारको सुरक्षार्थ खटिएका सैनिक जवानहरूले स्थानीयलाई कुटपिट गरेको भन्दै बुधबाररातिदेखि सो क्षेत्र तनावग्रस्त बनेको छ । बुधबार बेलुका साढे १० बजे स्थानीय देवेन्द्र डङ्गोलको घरमा भोज खाएर फर्किरहेका स्थानीय छ जना किशोरलाई सैनिक जवानहरूले कुटपिट गरेको बताइएको छ । सुरक्षापोस्टका जवानहरूले बिनाकारण कुटपिट गरेको भन्दै स्थानीयले दोषी सैनिकलाई कडा कारबाही गर्न र सुरक्षापोस्ट नै हटाउन माग गरेका छन् । सँगैभोज खाएर फर्किएका सैनिकहरूले साततले दरबारनजिक आइपुगेपछि अँध्यारो ठाउँ बनाएर कुटपिट गरेकोस्थानीयवासीले आरोप लगाएका छन् । सैनिक जवानहरूको कुटपिटबाट स्थानीय अनिल डङ्गोल, राम डङ्गोल, प्रवीण किशोर डङ्गोल, विज्ञान श्रेष्ठ, सन्तोष थापा, रामशरण डङ्गोल र धिरज पाण्डे घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेका छ । सैनिक जवानहरूले जथाभावी होहल्ला गर्दै किशोरहरूलाई कुटेको स्थानीयवासीले बताएका छन् । घटनामा संलग्न रहेका साततले दरबार सुरक्षापोस्टका लेफ्टिनेट आकाश विष्ट र पाँचजनालाई स्थानीयसँग आज बिहान माफी माग्न लगाई विभागीय कारबाहीको लागि गणमा फिर्ता बोलाएपछि तनाव शान्त बनेको थियो । सैनिकले माफी मागे पनि घटनाको विरोधमा स्थानीयले सैनिक पोस्टमा लगिएको खानेपानी, सञ्चार सेवा, इन्धन ९दाउरा० बन्द गरिदिएका छन भने दरबार क्षेत्रबाट सुरक्षापोस्ट नै हटाउनुपर्ने माग कायमै राखेका छन् । रासस
सैनिक जवानहरूले स्थानीयलाई कुटपिट गरेको विरोधमा नुवाकोटमा तनाव