फ्लिममा होइन वास्तविक जीवनमै गुण्डाले घेरे सलमानलाई

एक पार्टीमा रमाइलो गरेर निस्केका सलमान खानलाई केही युवाहरुले घेरेर दुख दिएका छन् । भारतिय संचारमाध्यमका अनुसार सलमान पार्टीबाट निस्कन साथ ३० जना युवाहरुको समुहले उनलाई पिछा गरेको थियो । उनीहरुले सलमानलाई उनी बस्ने होटलसम्म घेरेका थिए ।



उनीहरुले सलमानको गाडिमा समेत मुक्का प्रहार गरेका थिए । उनीहरुले सलमानलाई घेरे र दुख दिए । तर सलमानले उक्त समयमा केही पनि गर्न सकेनन् ।युवाहरुको समुहले सलमानको सुरक्षाका लागि खटिएका एक प्रहरीलाई समेत घाइते बनाएका थिए । चलचित्रको पर्दामा थुप्रै गुण्डासँग एक्लै लडाई गरेका सलमानले वास्तविक जिवनमा भने कुनै प्रतिक्रिया जनाएनन् । यो घटनाले सलमान धेरै नै दुखीद भएको बताइएको छ । सलमान सीसीएलमा वीर मराठी टीमको सफलताको खुशी मनाउन नायक रितेश देशुमखको साथ पार्टीमा रमाएर र्फकदै थिए ।