तपाईंको आजको राशिफल,


 आज २०६९ साल फाल्गुन ०३ गते बिहीवार, चतुर्थी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम,मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा रसामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानकगडबडी आउने छ । परोपकार र धार्मिकक्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असल समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।पहिले भएका घटनाको स्मरणले मन त्यसै एकतमासको हुने दिन छ ।आम्दानीमा कमी आउने छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ। अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारी र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपालकर कृषकले झमेला व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्तजाँदा मानसिकरुपमा सन्तोष प्राप्त हुने दिन छ । अध्ययन, अध्यापन रलेखनको कार्यमा खासै तत्परता देखिँदैन । प्रेम सम्बन्धमा तिक्तता आउनेयोग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूलाबडाले सहयोग गर्नेछन् ।शुभ कुराको संकेत मिल्नेछ । यात्राको समय छ ।लामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिणदिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नोस्रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिकूल समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्नेहुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भनेजस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नालेदिक्क लाग्नेछ । साँझको समय अलि बढी निराशाजनक रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्तसल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । माया प्रेममा फसिने बेला छ,तपार्इं धेरै उम्किन प्रयास नगर्नु बेस होला ।सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा,बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुनसक्छ । सानोतिनो कामका लागि पनि निक्कै खट्नु पर्छ । आर्थिकसमस्या बढ्ने दिन होे आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबरपाउने योग छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिकमर्यादामा अभिवृद्धि हुनेछ । आज शैक्षिकप्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनुबेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरुसानातिना कामको झमेला आउनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ। गुप्त र मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ ।दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरुसुल्झँदै जानेछन् ।साँझमा मनमा थोरै रमाइलोको अनुभूति हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजजग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सन्तान पक्षबाटपनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताको सहयोग प्राप्तहुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला। मानसम्मानमिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रो समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीदगर्दा लाभ प्राप्त हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ ।धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्टव्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिकक्षेत्रमा लगानी लगाउने बेला छ । शुभ समाचार प्राप्त हुने योग छ । मनत्यसै त्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिने छ ।