१६ वर्षीया किशोरीलाई सुतिरहेको बेलामा सामुहिक बलात्कार!

निमुसंगम घर्ती १९ माघ, दाङ । हापुर गाबिस ४ निवासी १६ वर्षीया एक किशोरीलाई गत माघ १३ गते राति सामुहिक बलात्कारमा परेकी छन् राति ९ बजे बजे दुई युवाहरु झ्यालबाट भित्र प्रवेश गरी सुतिरहेको अवस्थाबाट घिसार्दै बाहिर निकालेर घरदेखि केही टाढा लगेर सामुहिक बलात्कार गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
घटनापछि हापुर-२ का १९ बर्षीय देबेन्द्र गिरी र सोही ठाउँ निबासी १८ बर्षीय माधव गिरी पक्राउ परेका छन् । घटना भएको भोलिपल्ट पीडित किशोरीले जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई माघ १६ गते पक्राउ गरेको हो । पीडित किशोरीकी बुवा अर्को बिहे गरेर झापामा बस्दै आएको र आमाले पनि अन्तै विावाह गरेपछि उनी मामा घरमा बस्दै आएकी छन् ।उनी मावि तहमा अध्ययनरत छात्रा हुन् ।

पिडितले जाहेरीमा लेखेको घटना विवरणमा १३ गते राति भाइ/बहिनीसँग सुतिरहेका बेला देबेन्द्र गिरी र माधव गिरी झ्यालबाट प्रबेश गरी एक्कासी मुख थुनी कोठाबाट लतार्दै बाहिर लिई घिसार्दै जबरजस्ती घरदेखि दक्षिणतर्फ रहेको खरकट्टीमा लगेर दुबैले पालैपाले बलात्कार गरेको उल्लेख छ । घटनाका अभियुक्तलाई १६ गते पक्राउ गरेपछि १७ गते म्याद थप गरी अनुसन्धान प्रकृया सुरु भएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी दाङ प्रहरीले माघ २ गते घोराही १० का ३८ बर्षीय मोहमद जहीर शेखले घोराहीमा एक युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै उनी विरुद्धसमेत जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको छ ।