पोर्टल्यान्डमा विमान आपतकालिन अवतरण

अलास्का एयरलाइन्सको एउटा जेट विमानका पाइलट विमान उड्दै गर्दा बेहोस भएपछि पोर्टल्यान्डमा आपतकालीन अवतरण गरिएको एयरलाइन्सका प्रवक्ताले बताएको छ ।

सियाटलतर्फ उडेको विमानका पाइलटल बेहोस भएपछि उनले नै आपतकालीन अवस्थाको घोषणा गर्दै अवतरण गरेका थिए । ११६ यात्रु र पाँच चालक दलका सदस्यसहित लस एन्जलसबाट साँझ साढे ६ बजे उडेको थियो । विमानले राती नौ बजे पार्टल्याण्डमा आपतकालीन अवतरण गरेको थियो ।

ओरिगनको आकाशमा छँदा पाइलट बेहोस भएका थिए । उनको परिचय खुलाईएको छैन । होसमा आएपछि ककपिट छाडेका पाइलटको विमानभित्रै रहेका डाक्टरले उनलाई प्राथमिक उपचार गरेका थिए । नयाँ पाइलटले पोर्टल्यान्डबाट विमान सियाटलसम्म उडाएको थियो ।