सैनिक जनरलकै घरमा यौन व्यवसाय गर्ने ठुलो कम्पनी !!
माघ १९ - भारतको देहरादुनमा विशिष्ट व्यक्तिहरूको बसोबास भएको डिफेन्स कोलोनीस्थित अवकाश प्राप्त सैनिक जनरलको घरमा सञ्चालित उच्च स्तरको यौनधन्दा चलाउने गिरोहको प्रहरीले पर्दाफास गरेको छ ।
केही महिनादेखि दुई वेबसाइट मार्फत जारी यो हाइप्रोफाइल सेक्स र्याकेटमा दिल्ली, पञ्जाब, उत्तरप्रदेश, पश्चिम बंगाल र उत्तराखण्डका शिक्षित युवतीहरू सामेल थिए । प्रहरीले ती सैनिक अधिकारीको घरबाट ९ सुन्दर युवती र १२ ग्राहक पक्राउ गरेको छ ।
--> उनीहरूबाट मोबाइल, आइप्याड, लागूऔषध र वासना बढाउने सामग्री बाहेक थुप्रै महँगा गाडीहरू बरामद भएका छन् । महँगो भाडामा घर दिएका ती मेजर भन्ने दिल्ली बस्छन् ।
यो धन्दामा सीए, रेडियो प्रस्तोता, इन्जिनियर, होटल मालिक, कम्प्युटर सेन्टर सञ्चालक, वकिल र व्यापारी सामेल भएको पाइएको छ ।
मोटो रकम तिरेपछि यो र्याकेटले ग्राहकलाई कारमा राखेर यौनकर्मीलाई घुमाउँदै यौनको मज्जा लिने सारा बन्दोबस्ती गथ्र्यो ।
उक्त वेबसाइटमा सम्पर्क गर्नेबाट २ हजार ५ सय रुपैयाँ शुल्क लिएपछि यौनकर्मीको तस्बिर देखाइन्थ्यो । तस्बिर मन परेमा गिरोहका नाइकेको मोबाइल नम्बरमा ग्राहकलाई सम्पर्क गराइन्थ्यो । ग्राहकलाई निर्धारित स्थलमा पुर्याउन चारवटा कार दिनरात गुड्थे । प्रहरीका अनुसार नयाँनयाँ तरिकाले यौन व्यवसाय गर्ने यो पेसेवर गिरोह हो । उनीहरू यसअघि पनि पटक-पटक पक्राउ परेर छुटिसकेका छन् । मुख्यतः समाजका ठूलाबडासँग राम्रो सम्बन्ध भएका उनीहरूले शंका नहुने गरी यो धन्धा चलाउँदै आएको भारतीय प्रहरीले जनाएको छ ।
उनीहरूमाथि अवैध धन्दा र गिरोह चलाएको आरोप लगाइएको छ । उक्त घर नजिकै किराना पसल चलाउने एक धूर्त युवतीलाई विश्वासमा लिएर गिरोहले सेनाको फल्याटमा भलाद्मी युवतीहरू बस्ने गरेको टोलभरि हल्ला चलाएका थिए । उक्त घरमा दिनभरि मोडेलझैं हाउभाउ भएका युवती र कारको आवागमन देखेपछि वरिपरिकाले त्यही पसल चलाउने युवतीलाई सोध्न जान्थे । तर, कोलोनीका व्यस्त रहने परिवारजनलाई ती बदमास युवतीले उक्त सैनिक अधिकारीको घरमा निकै भलाद्मीहरू बस्ने गरेको गलत सूचना दिने गर्थिन्, जसलाई स्थानीयले पत्याउँदै आएका थिए ।
उक्त वेबसाइट मार्फत घर पता लगाउने क्रममा पुगेका प्रहरी टोलीलाई पनि ती पसले केटीलाई झूटो सूचना दिएर फर्काएका थिए । घर र सटर भाडामा लिएर बसेकी ती युवतीको व्यापार खासै नचले पनि उसले लगाउने पहिरन र बोल्ने शैलीमाथि प्रहरीलाई शंका लागेको थियो । महिला प्रहरीले थुनामा लगेर थर्ड डिग्री प्रयोग गरेपछि उनले त्यो घरमा हुने सबै कुरा साँचो बताएकी थिइन् । उनीहरूका कारणले आफ्नो राम्रै कारोबार हुने र सातापिच्छै कमिसनको रकम आउने हुनाले उनले सहयोग गरिरहेकी थिइन् ।

पुरा भिडियो हेर्नुहोस्।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं