भारत भन्दै सुमिनालाई लिएर निर्माता रमेश मलेसिया फरार..

चलचित्र ‘नाइन ओ क्लक’का निर्माता रमेश संबेदना र नायिका सुमिना घिमिरे बिचको हिमचिमको गाइंगुइंले अहिले सिने बजार भित्र-भित्र तातेको छ । नायिका घिमिरेसँग संबेदनाको निकटता आवश्यकता भन्दा बढि नै भएको हल्ला सिने नगरीमा चल्न थालेको छ ।





यो खबर सिने नगरीमा चल्दा चल्दै नायिका घिमिरेलाई लिएर निर्माता संबेदना सुटुक्क मेलसिया उडेको खबर आएको छ । सुमिना र संबेदना बिहिबार मलेसियातर्फ उडेको थाहा भएको छ । तर निर्माता संबेदनाले भने आफु भारत जान लागेको जानकारी उनी निकट चलचित्रकर्मीलाई गराएका थिए । नजिकका साथीहरुलाई भारत जान्छु भन्दै निर्माता संबेदना किन सुमिनाको साथमा मलेसिया उडे त्यो आफैमा गम्भिर बिषय छ । तर नायिका घिमिरे र निर्माता संबेदनाले त्रिभुवन बिमानस्थलमा देखाएको गतिबिधीले धेरैलाई आश्चर्य चकित बनाएको छ । सुमिना त्रिभुवन बिमानस्थलमा संबेदनाको अंगालोमा रमाउँदै हिडेको एक प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

सुमिना र संबेदना चलचित्र ‘नाइन ओ क्लक’को विशेष प्रदर्शनका लागि मलेसिया उडेको बताइएको छ । तर श्रोतका अनुसार चलचित्रको कुनै पनि प्रदर्शनको तयारी मलेसियामा गरिएको छैन । अरु समयमा चलचित्रको प्रदर्शन गर्दा मिडियामा जोडतोडका साथ प्रचार गर्ने निर्माणपक्षले यसपटक कुनै पनि जानकारी नदिनु आफैमा शंकाको बिषय हो । चलचित्र ‘नाइन ओ क्लक’ निर्माण गरेपछि सुमिना र संबेदनाको निकटता बढेको चलचित्रकर्मीहरु बताउँछन् । चलचित्र क्षेत्रमा अहिले सुमिनाले काठमाण्डौमा खरिद गरेको ७५ लाखको घरमा पनि संबेदनाले नै पैसा खर्च गरिदिएको चर्चा चल्ने गरेको छ । यसअघि चलचित्र ‘रंग’का निर्देशक रोशन हमालसँग निकटता बढाएर चर्चामा आएकी सुमिना पुनः एकपटक एक निर्मातासँगको सम्बन्धका कारण चर्चामा छिन् ।