दुबै हात नभए पनि जहाज उडाउँछिन यीनी ,ल हेर्नुहोस् त

न्युयोर्क– मानिसका लागि दुबै हातको महत्व कति हुन्छ, यो बहस आफ्नै ठाउँमा होला । तर दुबै हात नभएर के भो र ? एक अमेरिकी महिला दुबै हात नभए पनि जहाज उडाउँछिन्, कार कुदाउन सक्छिन्, पियानो बजाउँछिन्, जटिलभन्दा जटिल अर्थात् दुबै हात भएका मानिसले जति काम गर्न सक्छन्, त्यो भन्दा बढी गर्न सक्छिन् । अमेरिकाको एरिजोनाकी ३० वर्षीया जेसिका कक्स नाम गरेकी यी महिलाको नाम विमान उडाउने दुवै हात नभएकी महिलाको रेकर्डमा उल्लेख छ ।







शारीरिक सुन्दरताकी धनी यी महिला मनोविज्ञानकी स्नातक हुन् । उनले तेक्वान्दोमा डबल ब्ल्याकबेल्ट पाएकी छन् । उनी कम्प्युटर मज्जाले चलाउँछिन्, कपालसमेत आफैं कोर्छिन्, फोनमा कुरासमेत आफै गर्न सक्छिन् । उनले यी सबै काम खुट्टाले गर्छिन् । जन्मँदै खुट्टा नभएकी यी महिलाकी आमाले विभिन्न चिकित्सक, धामी, झाँक्रीकहाँ छोरीको उपचारसमेत गराएकी थिइन् । तर पनि उनको हात पलाउन सकेन । हातै नभएपछि जेसिकाले अरु बच्चाले हातले गर्ने काम खुट्टाले नै गर्न थालिन् ।



तीन वर्षको उमेरदेखि नै जेसिकाले जिम्न्यास्टिकको कक्ष लिन थालेकी थिइन् । ६ वर्षको उमेरमा त उनी घर पछाडिको पोखरीमा पौडन सक्ने भइसकेकी थिइन् । उनी खुट्टाले खाना पकाउँछिन्, भाँडा माझ्छिन्, लेख्ने तथा टाइप समेत खुट्टाले नै गर्छिन् । जेसिकाले २०१२ मा तेक्वान्दो प्रशिक्षकसँग विवाह गरिन् । उनी मोटिभेस्नल स्पीकरका रुपमा देश विदेशमा प्रवचन दिने गर्छिन् । प्रवचनका क्रममा उनले आफ्नै जीवनलाई उदाहरणका रुपमा प्रस्तुत गर्ने गरेकी छन् । उनी भन्छिन्, ‘सिर्जनात्मकता, लगनशिलता र भयरहित हुनेलाई कुनै कुरा असम्भव छैन ।’