केन्यामा बस दुर्घटना हुँदा ३५ को मृत्यु

केन्याको पूर्वी भागमा आज एक बसद दुर्घटना हुँदा ३५ जनाको मृत्यु छ । उक्त बसको नियन्त्रण अकस्मात गुम्न गई अनेकौँपटक पल्टिँएको प्राप्त समाचारमा जनाइएको छ । ट्राफिक प्रहरी प्रमुख सामुएल किमारुले एघार व्यक्तिको घटनास्थलमै मृत्युभएको तथा अन्य २४ को अस्पताल लैजाँदा बाटामा तथा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त बस राजधानी नाइरोबीबाट उत्तरपूर्वी नगर गारिसातर्फ गइरहेको बताइएको छ । उनीहरू केन्यामा आउँदो सोमबार हुने आम निर्वाचनमा भाग लिन त्यसतर्फ गइरहेको जानकारी दिइएको छ ।