कुनै ठूलो कारण हुनुपर्दैन फुट्नका लागि, सानो घटना केही भयो कि नेपालको कम्युनिष्ट पार्टी विभाजित भइहाल्छ। ( भिडियो तथा समाचार)
निक्कै लामो समयसम्मको बिबाद र अन्तरसंघर्ष पश्चात अन्ततः एकीकृत नेकपा माओवादी दुई चिरा भएको छ । संविधान सभा निर्बाचनमा सवैभन्दा ठूलो दलको रुपमा आएको माओवादीको यो विभाजनले कम्युनिष्टहरु सरकारमा पुगेपछि कहिल्यै एक भएर वस्न सक्दैनन् भन्ने आम मान्यतालाई पुष्टि गरेको छ । पार्टी फुटको कारण जे भए पनि एकले अर्कालाई संशोधनवादी र पतनोन्मुख तथा उग्रबाममन्थी भड्काव भएको आरोप लगाउने गरेका छन् । र, नेपाली कम्युनिष्ट राजनीतिको इतिहासलाई हेर्ने हो भने कम्युनिष्ट भनिएका पर्टीहरुमा फुटको कुरा सामान्य भईसकेको छ ।
मानौ, यो उसको विशेषता नै हो । फेरि यो पनि सत्य हो कि, सवैभन्दा फुटका उदाहरण सरकार वा सत्तामा पुगेपछि भएका छन् । वा, सरकारमा जानका लागि पार्टी फुटाएर हिडेका उदाहरण छन् । वा, पर्टी भित्र नै कसको प्रभाव कति भन्ने विवाद अर्थात को ठूलो को सानो भन्ने विवादकाबीचवाट कम्युनिष्ट पार्टी चिरिएका छन् । पद र ओहोदा तथा प्रभावको लागि जुँगाको लडाई नै खास गरी कम्युनिष्ट पार्टी फुटको जड कारण बन्ने गरेको छ । जनताका नाम भज्न पनि नछाड्ने र जनताका पक्षमा भन्दा आफ्नो हीतका लागि राष्टलाई बन्दक बनाउन पनि पछि नपर्ने सोचले यो देशमा कम्युनिष्ट राजनीति फस्टाउन नसकेको हो । परिमाणका हिसाबमा यो देशमा धेरै कम्युनिष्ट भएता पनि गुणात्मक हिसाबमा यसले आफ्नो साख गिराई सकेको छ । २०१८ सालसम्म नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी थियो। अहिले कम्युनिष्ट पार्टीको सङ्ख्या एक दर्जन नाघेको छ। कुनै ठूलो कारण हुनुपर्दैन फुट्नका लागि, सानो घटना केही भयो कि नेपालको कम्युनिष्ट पार्टी विभाजित भइहाल्छ। आधारभूत सोच, गन्तव्य र सिद्धान्तमै भिन्नता भएपछि पार्टी फुट्नु बेठीक र अस्वाभाविक कुरो हुँदैन तर नेपालमा कम्युनिष्ट पार्टीहरू केवल यही कारणले मात्र फुटिरहेका छैनन्।
भिडियो हेर्नुहोस् ।
१४ सालमा काठमाडौंमा भएको पर्टीको दास्रो अधिवेशनवाट केशरजंग रायमाझी महासचिवमा निर्बाचित भए । तर, पर्टीको लाईन भने पुष्पलालककै परित भयो । पुष्पलाललाई एक्ल्याउने खेल सुरु भयो । १७ सालमा राजावादी रायमाझीले तत्कालिन राजा महेन्द्रको निर्दलीय व्यवश्थालाई स्वीकार गरेपछि पर्टीमा भाँडभैलो मच्चियो । पुष्पलाल नेतृत्वको समूहले रायमाझीलाई पर्टीबाट निष्कासन गरे । यहीवाट सुरु भयो फुट श्रृंखला । पुष्पलालको विरुद्ध केही युवाहरु उत्रिए । जसका बाबजुद २०२७ सालमा झापा विद्रोह भयो । जसको जगवाट सीपि मैनालीको नेतृत्वमा नेकपा माले गठन भयो । ३५ सालमा नेमपा माले र नेकपा माक्र्सवादीबीच एकता भयो । र नेकपा एमाले बन्यो । एमालेवाट फेरि वामदेव गौतमको नेतृत्वमा पर्टी फुट्यो र मिल्यो पनि ।
संविधानसभाकै विवादकाबीचबाट भारतमा भएको पार्टीको चौथो अधिवेसनवाट मोहनक्रिम सिंहले नयाँ पर्टी घोषण गरे । जसमा अहिले एमाआवादीवाट फुटर गएका मोहन वैद्य, अहिलेका जनमोर्चाका नेता चित्रबहादुर केसी, निर्मल लामा, लगायतका थिए । जु पर्टीको नाम नेकपा चौम राखियो । चौममा पनि सिंहमाथि कारवाही भयो । त्यसपछि पनः निर्मल लामाको समूह र सिंहको समूह फरक फरक भयो । फुट्यो ।
यस्तै यस्तैकाबीचवाट पर्टी समूह समूहमा चलिरह्यो । लामो समय पर्टीको अधिवेशनसम्म पनि हुन सकेन । २०४१ सालमा भारतमा नै चौमको पाँचौ अधिवेशन भयो । जहाँवाट नयाँ पर्टीको नाम नेपा मसाल राखियो । महामन्त्री मोहन वैद्य भए । निर्मल लामाको समूहले भने चौमलाई नै निरन्तरता दियो । उतिबेला नेकपा मसालले चारित्रिक कारणले कारवाही गरियो । विवादकैबीचवाट तत्कालिन महामन्त्री वैद्यले राजिनामा दिएपछि पुष्पकमल दाहाल महामन्त्री भए । उनी अहिले एकीकृत नेकपा माओवादीका अध्यक्ष छन् ।
मसालसहित निर्मल लामाको नेकपा चौम, रुपलाल विकको सर्वहारावादी श्रमिक संगठन र क्रान्तिकारी मसालबीच एकता अधिवेशन भयो । ४८ सालमा काठमाडौंमा भएको उक्त अधिवेशनवाट दहालको नेतृत्वमा नेकपा एकताकैन्द्र स्थापना भयो । दाहालको प्रस्तवमा जनयुद्धको कार्यनीति पारित भयो । फेरि यसै विषयले विवाद झन् चर्कियो । पार्टी भित्र तत्काल जनयुद्धमा जाने किनजाने भन्ने विवाद चरमोत्कर्षमा पुगेपछि स्खलन स्वरुप २०५१ सालमा नेकपा माओवादीको जन्म भयो । ५२ सालवाट उसले जनयुद्धको थालनी गर्यो । यसबीचमा एकता केन्द्र र मसालबीच एकिकरण भयो । उनीहरुबीच फेरि फुट भयो । अहिले नेकपा एकताकेन्द्रका नारायणकाजी श्रेष्ठ नेकपा माआवादीमा मिसिए । तत्पश्चात पर्टीको नाम एकीकृत नेकपा माओवादी भयो । श्रेष्ठ अहिले एकीकृत नेकपा माआवादीका उपाध्यक्ष छन् । यसबीचमा पनि धेरै साना ठूला फुट जुटका घटना भए । एकीकृत माओवादीवाट नै फुटेर मातृका यादवले नेकपा माओवादी आफ्नै पार्टी भएको दाबीका बेग्लै पार्टीको नेतृत्वा गरेर वसेका छन् । मणी थापाहरुको समूह पनि नयाँ पार्टीको नाममा छ । यसैबीच आफ्नो पर्टी एकीकृत नेकपा माओवादी पतन भएको भन्दै मोहन वैदले नयाँ पार्टी गठन गरेका छन् । अब के के हुने हो र कुन कुन, कहाँ कहाँ कति पटक फुट्ने र जुटने हो त्यो भने हेर्न बाकी नै छ । तर, यो चाही भनन सकिन्छ कि कम्युष्टले फुट्न जानेका छन्, फुटुछन्, फुटिरहन्छन् ।
नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टी स्थापनाकालदेखि पार्टीभित्र चलेका अन्तरसंघर्ष र त्यसको परिणामस्वरुप पार्टीभित्र भएका टुटफुट र विभाजनलाई हेर्दा त्यो कुरा पुष्टि हुन्छ ।
अहिले एकीकृत नेकपा माओवादी अन्तरसंघर्षको पेचिलो प्रक्रियाबाट अगाडि बढिरहेको छ । अन्तरसंघर्ष अत्यन्तै भद्दा र नाङ्गो गाली गलौज, आरोप प्रत्यारोपमा विकास भएर सडकमा छरपष्टरुपमा सडकमा आइरहेको छ । पार्टीभित्र चल्ने अन्तरसंघर्ष वा दुई लाइन संघर्ष र यसको सही ढंगले सञ्चालन गर्ने कुरामा आफु अत्यन्तै निपुण रहेको भन्दै गर्व गर्ने नेताहरु अहिले पार्टीमा चलेको अन्तरसंघर्षलाई सही ढंगले व्यवस्थापन गर्ने सन्दर्भमा निरीहजस्तै देखिएका छन् । विगतमा कम्युनिष्ट पार्टीभित्र चलेको अन्तरसंघर्षलाई बुझ्ने र ती अन्तरसंघर्षहरु सञ्चालन गर्ने गलत विधिका कारण नेपालको कम्युनिष्ट आन्दोलनले टुटफुट र विभाजनको लामो श्रृंखला बेहोर्नुपरेको र आफूले त्यसबाट गम्भीर पाठ सिकेको दावी गर्ने नेताहरु अहिले आफू स्वयम् त्यसको शिकार हुँदैछन् ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं