फिल्ममा सेक्स जरुरी छ : धुलिया

बलिउड निर्देशक तिग्मांशु धुलियाले फिल्म भित्र कम मात्रामा भएपनि सेक्सको जरुरी पर्ने बताएका छन् । उनको आउने फिल्म 'साहब बीवी और ग्याङस्टार रिटर्नस'मा पनि थोरै कामुकता भएको स्वीकारेका छन् ।



फिल्ममा कामुकता कम हुनुमा नै प्रभावकारी हुने बताएका धुलियाले उक्त फिल्मको पोष्टर रिलिजमा यस्तो बताएका हुन् । साहब बीवी औरु ग्याङस्टार रिटर्नसमा जिमी शेरिगल, माहिल गिल, इरफान खान तथा सोहा अलि खानको अभिनय रहेको छ ।

यस फिल्मका कलाकारले धुपियाको बारेमा बताउँदै उनी सुटिङ सेटमा कलाकार तयारीको साथ आउने आशा नगर्ने बताउँछन् । यस फिल्म भित्र धेरै रहस्य भएको नायिका सोहा अलिले बताएकी छिन् । फिल्म ८ मार्चमा रिलिज हुने छ ।