पतिको व्यवहारदेखि स्तब्ध अभिनेत्री डेमी
हलिउड अभिनेत्री डेमी मुर पति एस्टन कुचरको व्यवहारले स्तब्ध भएकी छिन् । आफूलाई एक्लै छोडेर हिँडेका पति एस्टनले गत साता लस एन्जलसको काउन्टी उच्च अदालतमा आफूसँग सम्बन्ध विच्छेदका लागि मुद्धा दायर गरेको खबरले डेमी स्तब्ध भएकी हुन् ।
'द गोस्त'की नायिका डेमी एस्टनसँगको सम्बन्ध समाधानका लागि गुपचुप तरिकाले आर्थिक लेनदेनको विषयलाई वार्ताबाट तय गरिसकेपछि सम्बन्ध बिच्छेदसम्बन्धी कागजात अदालतमा पेस गर्ने योजनामा रहेकी थिइन् ।
तर त्यस्तो कुनै वार्ता नहुँदै टिभीका सबैभन्दा महंगा कलाकार कुचरले अदालतको ढोका ढक्ढक्याएको एजेन्सीले जनाएको छ ।
डेमीले धेरै रकम मागिरहेकाले दिक्क भएर कुचरले यो कदम उठाएको बताइएको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं