मलाई अशिक्षित भन्ने मूर्ख हो, शिक्षितले चाँही के नापेको छ र?: नायिका रेखा थापा
पहिलो पटक अमेरिका पुगेकी नायिका रेखा थापाले आफू स्पष्ट बक्ता भएकोले घमण्डी देखिएको तर घमण्डी चाँही नभएको दाबी गरेकी छिन् । न्यू योर्कमा नेपाली संचार सञ्जालले २७ जनवरीमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा उनले निकै मुख खोलेकी छिन् । पहिले समाज सेवा गर्ने तथा भविष्यमा राजनीतिमा समेत आउन सक्ने सम्भावना बताएकी रेखाले ग्रिनकार्डको सम्बन्धमा गरिएको प्रश्नमा आफूलाई अमेरिका आवतजावत गरिरहने फुर्सद नहुने बताएकी छिन् । न्यूयोर्कको ज्याक्सन हाइटस्थित हिमालयन याक रेष्टुरेन्टमा भएको कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने भन्ने विषयमा उठेको सवालमा नायिका रेखाले आफूलाई अशिक्षित र अनविज्ञ भन्नेहरु मूर्ख भएको बताएकी हुन् ।
उक्त कार्यक्रममा उनले नारी पुरुष बराबर हुन् भने बराबर गरौँ भन्दै कसैले आफूलाई अशिक्षित भन्छ भने त्यो नै मूर्ख भएको बताएकी हुन् । एकीकृत नेकपा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' लाई मन पराउँने खुलाशा गरेकी उनले बर्तमान काम चलाउ सरकारको नेत्रित्व गरिरहेका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दाई भनेर सम्बोधन गर्दै नायिका थापाले भनिन्– 'मलाई मन पर्छ प्रचन्ड, मलाई मन पर्छ बाबुराम दाई । अलिकती नजिक जस्तो देखिन्छु होला म उहाँहरुसंग । यसको मतलब आफू माओवादी नभएको पनि उनले दाबी गरिन् ।उनको भासणको भिडियो हेर्नुहोला जस्ताको तस्तै