सर्यो विरेनको ‘मनले मनलाई छुन्छ’
पौष २७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ को प्रदर्शन मिति सारिएको छ । चलचित्रका निर्माता समेत रहेका नायक विरेन श्रेष्ठले प्रचारप्रसारका लागि समय नपुगेकाले प्रदर्शन मिति सारिएको बताए ।
आफ्नो दाजुको उपचारका लागि अस्पतालमा रहेका विरेनले सिनेमाको प्रदर्शन मिति सारेको बताए । दाजुको आइसीयुमा उपचार भइरहेकाले गर्दा पनि आफु प्रचारका लागि दौडन नपाएको विरेनको भनाई छ । शिव रेग्मीको निर्देशनमा तयार भएको यो चलचित्रमा विरेनका अलवा नायिका गरिमा पन्तको मुख्य भुमिका छ । चलचित्रमा नायिका पन्त दोहोरो भुमिकामा देखिदैछिन् । चलचित्रमा बसन्त सापकोटाको संगीत छ । शिव रेग्मीकै कथामा तयार भएको यो सिनेमाले विरेन, गरिमा र निर्देशक रेग्मीको करिअरलाई माथी उकास्ने विश्वास गरिएको छ ।