बिरालोलाई जेल हालियो

सामान्यतया जेलका अधिकारीहरुले अपराधी वा अपराधको अभियोग लागेकाहरुलाई हिरासतमा लिन्छन् । तर, ब्राजिलको एक जेलका अधिकारीहरुले विरालोलाई हिरासतमा लिएको छ । विरालोको कसुर के थियो भने यसको शरीरमा टेपको मद्दतले केही गैरकानुनी बस्तु बाँधिएको थियो ।

जेलको मुख्य गेटबाट भित्र आउँदै गरेको अवस्थामा अधिकारीहरुले बिरालोलाई नियन्त्रणमा लिएका हुन् । सुरुमा सेतो रंगको बिरालोलाई गेटमा देख्दा अधिकारीहरु आश्यर्चमा परेका थिए । तर, ध्यानपूर्वक हेर्दा केही आशंका लागेपछि विरालोलाई नियन्त्रणमा लिए । जाँच गर्दा शरीरमा बाँधिएको टेपमा ड्रिलर औजार, केही कागज, एक मोबाइल फोन, डेडसेट र चार्जर बरामद भएको छ । जेलका प्रवक्ताले भनेका छन्-’कुन कैदीले यो विरालोको प्रयोग गरेको हो भन्ने पत्ता लगाउन मुस्किल छ । किनकी विरालो बोल्दैन ।’ तर, कैदीहरु भागाउन यस्तो प्रगोग गरिएको हुनसक्ने बताइएको छ । एलागस प्रान्तको एरपिराका शहरमा रहेको उक्त जेलमा २ सय ६३ कैली छन् ।- एजेन्सीको सहयोगमा हेर्नुहोस् भिडियो