लोडसेडिङ फेरि बढ्यो, अब दैनिक १४ घण्टा बत्ति नआउने (तालिकासहित)
६ माघ, काठमाडौं । दैनिक १२ घण्टा हुँदै आएको लोडसेडिङ शनिवारवाट फेरि बढेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नगर्ने बताउँदै आएपनि नेपाल विद्युत्त प्राधिकरण शनिवारदेखि लागू हुने गरी दैनिक दुर्इ घण्टाका दरले बढाएर लोडसेडिङ दैनिक १४ घण्टा पुर्याएको छ । नेपाल विद्युत्त प्राधिकरणले शनिवारदेखि लागु हुने गरी लोडसेडिङको नयाँ तालिका समेत सार्वजनिक गरेको छ । ‘एक दिन १३ घण्टा र अरु दिन १४ घण्टाको दरले लोडसेडिङ हुनेछ’ प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो । जलाशयहरुमा पानीको बाहव घट्दै गएको र माग अनुसार आपूर्ति हुन नसकेकाले लोडसेडिङ बढाउन परेको प्राधिकरणको भनाई छ । यसअघि १२ घण्टाको दरले लोडसेडिङ हुँदै आएको थियो । लोडसेडिङको तालिका हर्नुस् । ठूलो साइजमा हेर्न तस्वीरमा डलब क्लिक गर्नुहोला ।