सुन्दा पनि कती अचम्म कर्मचारीको तलब राँगाको जिब्रो, कान र आँखा !

१४ माघ, काटमाण्डौं । कतिपय सरकारी कर्मचारीलाई काम र जातअनुसार राँगाको जिब्रो, कान, थुतुनो, आँखा र गाला पारिश्रमिकबापत दिईदै आएको छ भन्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । तर, संस्कृति मन्त्रालयअन्तर्गत पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका कर्मचारीले आजपर्यन्त पारिश्रमिकस्वरुप राँगाको यस्तै अंग पाउँदै आएका छन् ।

पशु अंग भाग पाउने कर्मचारीले नोकरीको स्थायित्व र सरकारका अन्य कर्मचारीसरह तलब, बिदा तथा भत्ता सुविधाबारे बर्षौदेखि गर्दै आएको मागप्रति भने कहिल्यै पनि सम्बद्ध निकायले सुनुवाई नगरेको गोरखापत्र दैनिकमा खबर छ । काम अनुसार अमालकोट कचहरीका द्धारेलाई राँगाको जिब्रो, जयबागेश्वरीका पुजारीलाई राँगाको देब्रे आँखा र थुतुनो, पञ्चप्रधानलाई दाहिने आँखा, वनडिठ्ठालाई कान र कार्यरत महानेलाई राँगाको दायाँ र बायाँ गाला दिइने गरेको छ ।