घरमाथिको क्रेनमा हेलिकप्टर ठोक्कियो दुईको मृत्यु, ९ घाइते (भिडियोसहित)

लण्डनमा आज एक हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लण्डनको निर्माणाधिन एक अग्लोघर माथिको क्रेनमा

हेलिकप्टर ठोक्किंदा पाइलटसहित दुई जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा अन्य नौँ जना घाइते भएको बताइएको छ । हेलिकप्टर क्रेनमा ठोकिएपछि क्षतिग्रस्त भई भुईमा खसेको थियो । आज ससेक्सथिस्त एयरपोर्टबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना अधिकारीहरुले बताएका छन् । बाक्लो हुस्सुका कारण मध्य लण्डनको निर्माणाधिन सेन्ट जर्ज वार्फ टावरमाथि राखिएको क्रेनमा बुधबार बिहान हेलिकप्टर ठोक्किएको हो । क्षतिग्रस्त हेलिकप्टरको पाटपूर्जाको ठक्करबाट दुईवटा कारमा क्षति पुगेको छ । हेलिकप्टर ठोक्किएको क्रेन पनि ढल्ने अवस्था भएकाले वरपरकाका ठाउँमा सुरक्षित उपाय अपनाइएको छ ।