फेसबुक मालिकलाई सन्देश पठाउन एक सय डलर
फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई एक सय डलर खर्च गरेर सन्देश पठाउन चाहनुहुन्छ ? सुन्दैमा अचम्म लाग्नसक्छ ।
जुकरबर्गलाई मेसेज पठाउन किन यतिविधि पैसा तिर्नुपर्यो । फेसबुक मार्फत सित्तैमा पठाए भै गो नि । तर फेसबुकबाटै पठाउँदाको प्रसँग हो यो । सोसल नेटवर्किङ साइट फेसबुकले आजभोलि यस्तो प्रयोग गरिरहेको छ । फेसबुकको उद्देश्य फेसबुक प्रयोगकर्ताको मेसेज यस्ता व्यक्तिसामु पठाउनु रहेकेा छ जो फेसबुकमा प्रेषकको साथी छैनन् । प्रविधि सम्बन्धि एक ब्लगका अनुसार फेसबुक कम्पनीले आजकल जुकरबर्गलाई मेसेज पठाउन चाहने युजर्सहरुलाई यस्तो सन्देश पठाउने गरेको छ की यदि १ सय डलर खर्च गरेमा मात्र त्यो सन्देश जुकरबर्गको इनबक्समा पुग्नेछ । खासगरी अनावश्यक सन्देश अर्थात् स्माप मेल लाई रोक्ने काममा यो विधि कामयावी हुने विश्वास फेसबुकको रहेको छ । स्मरण रहोस् फेसबुकले एक डलर तिरेर मेसेज पठाउने सेवाको पनि अहिले परीक्षण गरिरहेको छ ।