शिशु हत्या आरोपीको शीर काटियो

काठमाडौं पुस २६- चार महिनाको शिशु हत्याको आरोपमा साउदी अरबमा कामदारका रुपमा रहेकी एक श्रीलंकाली महिलाको शीर छेदन गरिएको छ । बच्चाको हेरचाह गर्ने श्रीलंकाली नागरिक रिजाना नफीकले सन् २००५ मा भएको उक्त हत्याको आरोपलाई अस्वीकार गर्दै आएकी थिइन् । साउदी अबरको गृह मन्त्रालयले बुधबार रिजानालाई मारिएको कारण बताएको छ । बच्चाको आमासँग भएको विवादका कारण चार महिनाको शिशुको हत्या गरेकाले उनलाई मारिएको मन्त्रालयले बताएको छ ।श्रीलंकाली सरकारले भने क्षमा याचनाका लागि गरेको सबै आग्रह अस्वीकार गरेको भन्दै साउदी अबरको निन्दा गरेको छ । साथै श्रीलंकाको संसदमा रिजानको सम्झनामा एक मिनेट मौनधारण गरिएको छ ।रिजानाका आमाबाबुले साउदी अरबका जारा अब्दुल्लाहसँग छोरीलाई माफी दिन अपील गरेका थिए । उनलाई नइफ अल-कुतहैइबीको हत्यामा सन् २००७ मा दोषी ठहर गरिएको थियो । रिजानाले भने आफूलाई दबावमा बयान लिएको र अनुवादन तथा वकिलको सुविधा नदिएको बताएकी थिइन् । हृयुमन राइट्स वाचले साउदी अरब दोषी देखिएका बच्चालाई समेत मार्ने तीन देशमध्ये एक भएको बताएको छ ।