बलिउड सेक्सी मल्लिकालाई धम्की ! (भिडियो)

काठमाडौं, १८ माघ । बलिउड अभिनेत्री मल्लिका शेरावत यतिबेला निकै तनावमा छिन् । यो तनाव भने उनलाई आएको धम्कीका कारण भएको हो । मल्लिकाले बलिउडमा बन्न लागेको ‘डर्टी पोलिटिक्स’ नामक फिल्ममा अभिनय गर्न लागेकी छिन् ।
सोही फिल्मको विषयलाई लिएर उनले धम्की खेपेकी जनाइएको छ । उक्त फिल्म ‘भँवरी देवी’ प्रकरणमा आधारित भएको जनाइएको छ । सन् २०११ मा भारतको राजस्थानमा ३६ वर्षीया नर्स भँवरी देवीको हत्या भएको थियो । भारतको जोधपुर ईलाकाबाट हराएकी भँवरी देवीलाई हत्या गरेको अवस्थामा भेटिएको थियो ।

यही विषयमा बन्न लागेको फिल्ममा मल्लिकाले मूख्य भूमिका निर्वाह गर्न लागेकी बताइएको छ । मल्लिकाका अनुसार उनलाई यस फिल्ममा नखेल्न धम्की दिइएको छ । यदी उक्त फिल्म खेले ज्यान धरापमा पर्ने अज्ञात व्यक्तिले फोन मार्फत धम्की दिएको उनले बताएकी जनाइएको छ ।
त्यस्तै फिल्मका निर्देशक बोकाडियालाई पनि उक्त फिल्मको विषयलाई लिएर धम्की आईरहेको जनाइएको छ । तथापी यस विषयमा यथार्थ कुरा भने बाहिर आईसकेको छैन ।

मल्लिकाको विकिनी हट स्विमिङ भिडियो हेर्नुहोस् ।



पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।