पक्राउ पर्ने डरले अमेरिका गएनन् महान्यायाधिवक्ता प्रधान

१ माघ, काठमाण्डौं । अमेरिका जान लागेका महान्यायाधीवक्ता मुक्ती प्रधान मानवअधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले आइतबार विमानस्थल पुगीसके पनि फर्किएका छन् ।

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तको अनुसन्धान र बयान नै रोक्न लगाउने आफ्नो लिखित आदेशप्रति कुटनीतिक नियोग र अन्तराष्ट्रिय समुदायले गम्भीर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र महान्यायाधीवक्तालाई विदेश भ्रमणमा रोक लगाउने तयारी गरिरहेको सुइँको पाएपछि उनी विमानस्थल अध्यागमनमा पुगी साँझ ५ बजे फर्किएको स्रोतले बतायो । अमेरिकाको बोष्टनस्थिट युनिभर्सिटी अफ न्यु हेभेनले प्रधानलाई ‘फौजदा न्याय प्रणाली र विधिको शासन’ बारे दुई साता लामो अध्ययन भ्रमणमा बोलाएको थियो । आइतबार राती आठ बजे उनको उडान थियो । त्यस निम्ति अपरान्ह उनी घरबाट विदावादी भएर भ्रमण दलका टोलीसहित विमानस्थलतर्फ गएको कान्तिपुरमा खबर छ । ‘तर अचानक उहाँले फर्किने निर्णय गर्नु भो’ अध्यागमनका एक अधिकारीले भने, ‘किन हो हामीलाई थाहा भएन ।’ प्रधानको टोलीमा नायव महान्यायाधीवक्ता प्रेमराज कार्की, उनका पिए सन्तोष गिरी र शाखा अधिकृत पदमबहादुर कार्की पनि थिए । प्रधानले बाटैबाट फर्कने भनेपछि उनीहरु अलमल्लमा परेका थिए । उनी तत्काल फर्केपछि उनीहरु निकै तनावमा देखिएको स्रोतले बतायो । पहिल्यै तय भइसकेको प्रधानको भ्रमणका लागि अमेरिकी दुतावासले दिइसकेको भिसा उनले थापाको बयान रोक्न दिएको आदेशपछि ‘रिभोक’ (फिर्ता) गदिएको थियो । ‘अनेक दौडधुप गरेपछि हिजो फेरि भिसा जारी भयो’ महान्यायाधीवक्ता कर्यालयका एक कर्मचाले भने, ‘आज बिहान ११ बजे टिकट आइपुगेको थियो, बिहानैदेखि उनी निकै उदास र तनावमा देखिन्थे ।’ बेलायतमा पक्राउ परेका सेनाका कर्णेल कुमार लामाकै हालत आफ्नो पनि होला भन्ने चिन्ता प्रधानलाई लागेको उनका निकटस्थको बुझाइ छ । डेकेन्द्रको बयान रोक्न लगाउने महान्यायाधीवक्ता र प्रधानमन्त्रीको हरकतलाई लिएर युरोपेली कुटनीतिक नियोगसम्बद्ध अधिकाहरुबीच गम्भीर छलफल भइरहेको छ । उनीहरु दुवैलाई भिसा रोक्ने निर्णय हुन लागेको खबर महान्यायाधीवक्ता कार्यालयमा आइतबार पुगेको थियो । त्यसबाट विचलित भएका प्रधानले चारै नायव महान्यायाधीक्ताहरुसँग बैठक पनि गरेको कर्मचाहरु बताउँछन् । ‘उनी एकदम आत्तिएजस्ता थिए’ एक अधिकाले भने, ‘छिट्टै आए, नायबहरुसँग बैठक गरे र हिँडिहाले ।’ अमेरिकामा फौजदा न्याय प्रणाली हेर्न जाने निम्तो पाएका प्रधानका विरुद्ध नेपालको फौजदारी न्यायको हत्या गरेको टिप्पणी अन्तराष्ट्रिय स्तरमै हुन थालेपछि उनको रवैया मत्थर भएको कर्मचाहरु बताउँछन् । बीचबाटै बाट फर्केका उनले जनवरी २२ सम्मका लागि आफ्नो भ्रमण स्थगित भएको सहकर्मीहरुलाई जानका दिएका छन् । तर स्थगित गर्नुको कुनै कारण उनले खुलाएका छैनन् ।