भ्यान भित्र के गर्दै थिए साहरुख र प्रियंका (फोटो फिचरसहित)

नायिका प्रियंका चोपडा र नायक साहरुख खानको सम्वन्धको समाचारले सन् २०१२ निक्कै तात्यो । साहरुख र प्रियंका बिच प्रेमसम्वन्धका खबरहरु पनि आए । अर्कोतिर प्रियंकाले साहरुखलाई छोडेर सलमान खानसँग मित्रता गाँस्न खोजेको समाचारले पनि बजार तात्यो ।

साहरुख र प्रियंकाको सम्वन्धमा खटपट भएको खवरले बजार तातिरहेको समयमा यि दुईबिचको रोमान्सको समाचारले पुनः बलिउड गर्माएको छ । शनिबार बेलुकी सम्पन्न स्त्रिmन अवार्डसमा साहरुख र प्रियंकाले गोप्य रुपमा भेट गरेका छन् । भारतिय संचारमाध्यमका अनुसार साहरुखको निजी भ्यान भित्र प्रियंकाले १ घन्टा बिताएकी थिईन् । पत्नि गौरी खानसँगै अवार्डमा आएका साहरुखलाई सुरुवातमा गौरीका कारण प्रियंकालाई भेट्न अप्ठ्यारो परेको थियो । तर कार्यक्रमको बिचमा गौरी कार्यक्रम स्थलबाट हिडेपछि साहरुख र प्रियंकाको मस्ती चलेको हो । अवार्ड कार्यक्रम सकिन केही समय बाँकी रहदाको समयमा साहरुखको भ्यान भित्र प्रियंका छिरेकी हुन् ।
साहरुख र प्रियंकासँगै भ्यानभित्र नायिका दिपिका पादुकोण, नायक रणबिर सिंह पनि रहेको भारतिय संचारमाध्यमले जनाएका छन् । यि चार जना १ घन्टा उक्त भ्यान भित्र बसेका थिए । स्त्रिmन अवार्डमा नायिका प्रियंका चोपडा र नायक साहरुख खानले सँगै विभिन्न प्रस्तुती पनि राखेका थिए । उक्त समयमा नायिका चोपडाले साहरुखलाई चुम्बन समेत गरेकी थिईन् । साहरुख र प्रियंकाको सम्वन्ध गौरी खानका कारण टुटेको समाचार बाहिर आइरहेको समयमा यो घटनाले उनीहरु अझै एकअर्काको निकट रहेको पुष्टि गर्दछ ।

शनिबार सम्पन्न स्त्रिmन्स अवार्डका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ :
भिदियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् ।