बाबुरामलाई हटाउन आन्दोलनको विकल्प छैन : महत

६ माघ, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकासशरण महतले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदच्यूत गर्न विपक्षीसामू शसक्त आन्दोलनको विकल्प नरहेको वताउनुभएको छ । उहाँले मुलुकलाई संकटवाट बचाउनका लागि भएपनि वर्तमान प्रधानमन्त्रीलाई हटाउनुको विकल्प दलहरुसामू नरहेको समेत वताउनुभयो ।

नेपाल प्रेस युनियनले रुपन्देहीको बुटवलमा शुनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा महतले मुलुकलाई राजनीतिक संकट समाधानका लागि सरकारविरुद्ध आन्दोलन चर्काउनुको विकल्प नभएको बताउनुभयो । सरकारविरुद्ध विपक्षी दलले शनिवारवाट सुरु भएको आन्दोलनको विकल्पमा वार्ता हुन नसक्ने नेता महतले स्पष्ट पार्नु भयो । महतले वर्तमान सरकार जनविरोधी काममा क्रियाशील रहेको आरोप लगाउनु भयो । पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न व्यक्ति स्वयम्ले मलाई कारबाही गरभन्दा पनि कारबाही गर्नुको साटो उल्टै अपराधीलाई उन्मुक्ति दिन खोज्ने प्रधानमन्त्री भट्टराईको चरित्र उदाङ्िगएको वताउनुभयो ।