नन्दितालाई मोही मिठो भएपछि…(भिडियो)

गायक सानु वाइवाले ‘सफलता’ नामक एल्बम बजारमा ल्याएकिी छिन् । एल्बममा समावेश ‘मोही मिठो’ बोलको गीतको भिडिया तयार पारिएको छ । सुशन लामाको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई फुर्वा शेर्पाले निर्देशन गरेका हुन् ।

प्रशान्त तामाङको नृत्य निर्देशन रहेको भिडियोमा नायिका नन्दिता केसी र कपिलको अभिनय छ । भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् । भिडियोमा नायिका केसीलाई मोही पार्दै गरेको देख्न सकिनेछ ।