‘साघुँरो’ कोठामा कुण्ठित सेक्स (फोटो फिचरसहित)

एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ चैत्र महिनामा प्रदर्शनमा आउने भएको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशमा पर्ने द्वन्द्व र मनोदशालाई सिनेमाले उठान गर्न खोजेको छ ।

n चलचित्रमा सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय छ । बिनोद पौडेलको कथा तथा पटकथा रहेको यो चलचित्रलाई जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अन्जय खड्काको सम्पादन छ ।
काठमाण्डौ फराकिलो सडकको दृष्यबाट सुरु हुने यो चलचत्रिको कथा एउटा सानो कोठामा भौतिक र मानसिक द्वन्द्वले निम्त्याएका परिणाममा पुगेर सकिने निर्माणपक्षले बताएको छ ।