बेलायतमा कर्णेलको पक्राउ शान्ति प्रक्रिया बिथोल्ने गम्भीर खेल’

काठमाडौं, पुस २१ – एकीकृत नेकपा माओवादीले बेलायती प्रहरीले नेपाली सेनाका कर्णेल कुमार लामालाई पक्राउ गरेर शान्ति प्रक्रिया बिथोल्ने गम्भीर खेल भएको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले पत्रकारसँगको नियमित भेटघाटमा सेनाका कर्णेल पक्राउ गर्ने बेलायती कदम प्रति कडा आपत्ति जनाउनुभयो । मानवअधिकारको नाममा सात समुन्द्रपारिबाटै हस्तक्षेप तीब्र भइरहेको आरोप लगाउँदै उहाँले सेनाका कर्णेल पक्राउ त्यसैको सिलसिला भएको बताउनुभयो । सापकोटाले स्वतन्त्र मुलुकका नागरिकलाई गिरफ्तार गर्नु सार्वभौम मुलुकमाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले दलहरुबीच सहमतिका लागि छलफल जारी रहेको बताउनुभयो । पुष २५ गतेभित्र जोड गरेर सहमति प्रयास गर्ने तर सहमति भएन भने फेरि संविधानसभा पुनःस्थापनाको कुरो उठ्ने सापकोटाले बताउनुभयो । उहाँले अहिलेसम्म भएका सहमतिलाई समेटेर संविधान जारी गर्ने र विवादित विषयमा पछि व्यवस्थापिका संसद वा जनमत संग्रहबाट पनि सहमति गर्न सकिने