आम्मै, चीनमा छोरीलाई कति धेरै दाइजो !
नेपालसहितका देशहरुमा अहिले पनि छोरीलाई विवाहमा दाइजो दिने चलन छ । दाइजो नल्याएकै कारण महिलामाथि हिंसाका घटना बढेपछि दाइजो प्रथा अन्त्यका लागि नेपालमा अधिकारकर्मीहरुले अभियाननै चलाएका छन् ।
चीनको फुनियान विवाह परम्परामा पनि जाइदो दिने प्रचलन छ । त्यही प्रचलनलाई टेक्दै चीनका विजनेश टाइकुन वू रुईबाओने आफ्नो छोरीलाई कीर्तिमानी दाइजो दिएका छन् । टायल व्यापारी वूले छोरीलाई १ सय मिलियर पाउण्ड अर्थात झण्डै १४ सय करोड दाइजो दिएका छन् । उनले सुन मात्र चारबटा बाकसमा दिएका छन् भने २ विलासी कार, शेयर र सम्पत्ति पनि दिएका छन् । यति मात्र हैन, छोरीको नाममा २० मिलियन युआन अर्थात २८ करोडभन्दा बढी रपैयाँसहितको बैंक खाता खोलिदिएका छन् भने कम्पनीको ५० लाख शेयर पनि नामसारी गरिदिएका छन् । दाइजो लिस्टमा कुआंगजाउस्थित रिटेल स्टोर, ओलम्पिक भिलास र वान्डा हवेली पनि सामेल छन् । वूकी छोरीले आफ्नो बालापनका साथी जूसँग विवाह गरेकी छिन् । जू सरकारी कर्मचारी हुन् । २८ डिसेम्बरबाट सुरु भएको विवाह समारोह ८ दिनसम्म चलेको थियो । छोरीको वैवाहिक जीवनको सफलताको कामना गर्दै जूले साढे २१ करोड रुपैयाँ दिएका छन् । छोरीलाई कीर्तिमानी जाइदो दिने वूको सम्पत्ति कति छ भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन । तर, उनको कम्पनीको रेकर्ड अनुसार उनले गत वर्ष मात्र तलवका रुपमा १२ हजार पाउण्ड बुझेका छन् ।