पैसाको लोभमा १५ बर्सिय छोरी ९० बर्षको बुढालाई सुम्पियो
एजेन्सी, - साउदी अरबको एउटा विवाहले यो मुस्लिम देशमा हलचल ल्याएको छ । ९० बर्षीय बेहुलाको घरबाट १५ बर्षीया बेहुली भागेर आएपछि बालविवाहको कुरुप उदाहरण सार्वजनिक भएको हो ।पैसा पाउँने लोभमा आफ्नी १५ बर्षीया छोरीलाई ९० बर्षीय बृद्धासँग बिवाह गराइदिने अभिभावकको सर्वत्र विरोध भइरहेको छ । ती किशोरीले नयाँ घरमा पुग्ने बित्तिकै ढोका थुनेर दुई दिन एक्लै बसेर पुनः भागेर घर आएकी थिइन् । उनीबारे थप विवरण सार्वजनिक भएको छैन् । किशोरी बिहे गर्ने बृद्ध बेहुलाले भने किशोरीका आमाले बिहे गराइदिन १७ हजार ५ सय डलर लिएको दाबी गर्दै रकम फिर्ता मागेका छन् । तर, साउदी अरबका महिला मानवअधिकारकर्मीहरुले यो घटनाको बिरोध गरिरहेका छन् ।