जेल भित्र पुराना कैदीले नयाँ कैदीलाई चरम शारीरिक यातना दिने एघार कैदी स्थानान्तरण

भोजपुर जिल्ला कारागारमा प्रहरीको सुरक्षाघेराबीचमा कारागारका पुराना कैदीले नयाँ कैदीलाई चरम शारीरिक यातना दिएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानविन समितिको सिफारिस वमोजिम् ती कैदीहरुलाई ८ माघमा प्रहरीले क्षेत्रीय कारागार झुम्का लगेको हो । सोही समितिले दिएको सिफारिस बमोजिम नयाँ कैदीलाई यातना दिने पुराना कैदीहरुलाई क्षेत्रीय कारागार झुम्का सारिएकोे हो ।भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदन आएपछि कारागारका चौकीदार शान्तकुमार राईसहित ११ जना कैदीलाई क्षेत्रीय कारागार स्थानान्तरण गरिएको हो ।