झापाको भुटानी शरणार्थी शिविरमा भिषण आगलागीझण्डै ५० घर जले, आगलागी नियन्त्रण उन्मुख

१६ माघ, झापा । झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा मंगलवार दिउँसो भिषण आगलागी भएको छ । आगलागीवाट झण्डै ५० भन्दा वढि छाप्राहरु जलेर नष्ट भएका छन् ।
आगलागी नियन्त्रणमा लिन करिव ६० भन्दा वढि छाप्राहरु भत्काइएको छ । दमकवाट ल्याइएको दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण्मा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीवाट अहिलेसम्म झण्डै ४ सय जति नागरिक विस्थापित भएका छन् । उनीहरुलाई नजिकै रहेका विद्यालयमा राखिएको छ । आगलागी पूर्णरुपमा अझै नियन्त्रण्मा आउन सकेको छैन । आगलागी नियन्त्रण उन्मुख रहेको प्रहरीले जनाएको छ ।