फुटबल मैदानमा हुलदंगा मच्चाउने २१ जनालाई मृत्युदण्ड..
काठमाण्डौ,माघ १३ फुटवल मैदानमा भएको हुलदंगामा दोषी ठहर गर्दै इजिप्टको एक अदालतले २१ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ । सन् २०१२ को फेब्रुअरीमा फुटबल मैदानमा दंगा गरेको र विपक्षी समर्थकमाथि आक्रमण गरेको अभियोगमा दोषी पाईएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाएको हो । इजिप्टको पोर्ट सेयद टेडियममा स्थानीय अल माश्री क्लव र कायरोको अल आहली क्लवबीच लिग खेल भैरहेका बेला भएको हुलदंगामा ७४ जनाको ज्यान गएको थियो । अल माश्री क्लवका समर्थकहरुले विपक्षी समर्थकलाई ढुंगामुढा गर्नुका साथै अल आहली क्लवका खेलाडीलाई लखेट्न मैदानमै प्रवेश गरेका थिए । अदालतका न्यायाधिसले अरु ५२ जना आरोपी माथिको फैसला भने मार्च ९ तारिखमा सुनाउने बताएका छन् । पुरा भिडियोसहित हेर्नुहोस् ।