नुहाउँदै गरेकी सुमिनाको ढाडमा कसको आखा पर्‍यो ?

नायिका सुमिना घिमिरेको ढाडमा चलचित्र सेन्सर बोर्डको आखा परेको छ । सेन्सरले बाथरुममा नुहाउँदै गरेकी सुमिनाको ढाडलाई पर्दामा नदेखाउन निर्माणपक्षलाई भनेको छ । प्रशंग हो चलचित्र ‘नाइन ओ क्लक’को । फागुन ११ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रले सेन्सरबाट एडल्ट सर्टिफिकेट पाएको हो

निर्देशक बाबुराम ढकालले सुमिनाले नुहाउदै गरेको दृश्य काट्न सेन्सरले भनेको अनलाइनखबरलाई बताए । यो सँगै सेन्सरले ९ सेकेन्डको वेड सिनलाई छोट्याएर ४ सेकेन्ड बनाउन भनेको छ । यस्तै ‘नाइन ओ क्लक’मा समावेश केही संवादमाथी समेत सेन्सरले आखा लगाएको छ । चलचित्रमा समावेश ‘एक चिम्टी सिन्दुरमा तेरो श्रीमान्ले गर्ने पनि यही नै हो’ भन्ने संवादलाई मौन राख्न आदेश दिएको छ । अब यो चलचित्रलाई १६ बर्ष भन्दा तलका दर्शकले हेर्न नपाउने भएका छन् । रमेश संवेदनाको निर्माणमा तयार भएको चलचित्रमा धु्रव दत्त, सुमिना घिमिरे, दिक्षा भण्डारी लगायतका कलाकारको अभिनय छ । भिडियो सहित हेर्नुस ...