शौचालयमा माया साट्छन् भारतीय समलिंगी

१३ पुस,काठमाण्डौं । मानिसहरु मायाको कुनै सिमाना नहुने बताउँछन् । तर, धेरै भारतीय समलिंगी जोडी भने समलैंगिकतालाई अपराध नमानिए पनि ग्लानीमा छन् । उनीहरु सार्वजनिक रुपमा आफ्नो माया देखाउन सक्दैनन् । त्यसैले उनीहरु शौचालय र पसलका ट्रायल रुमहरुमा आफ्नो माया साटासाट गर्छन् । ‘भारतीय कानुनमा हाम्रो अधिकारबारे स्पष्ट उल्लेख छ, तर समाज अझै पनि हामीलाई समलिंगी माया अझै पनि अपाच्य छ । उनीहरु यसलाई समस्या ठान्छन्,’ गौरबसँग सम्बन्धमा रहेका पुरानो दिल्ली निवासी २५ बर्षका अक्षय गुप्ताले भने ।

मुम्बईमा आधारित हमसफर ट्रस्टका संस्थापकसमेत रहेका चलचित्र निर्माता तथा समलिंगी अभियन्ता श्रीधर रंगायनले भने, ‘जब मेट्रो रेलमा दुईजना युवकले अंगालो मारे वा हात समाए, त्यो त्यहाँ रहेका बाँकी मानिसलाई स्वीकार्य हुँदैन । सहरमा उनीहरुका लागि उपयुक्त ठाउँ नै छैन् । त्यसैले माया र यौनको खोजीमा गे र ट्रान्सजेन्डर पुरुष सार्वजनिक शौचालय वा पार्कमा पुग्छन्, जसले पछि उनीहरुलाई समस्या पार्छ । त्यस्ता ठाउँमा पुलिसले उनीहरुलाई तनाव दिन्छन् ।’ सन् २००९ मा उच्च न्यायालयले समलिंगी सम्बन्धलाई अपराधको कोटी (सेक्सन ३७७) बाट निकालेको थियो । तर, अझै पनि समलिंगी माया सार्वजनिक स्थल देखिदैन । ‘सेक्सन ३७७ सार्वजनिक उच्श्रृखलता र अनैचिकताविरुद्धको कानुन हो । यसले सार्वजनिक स्थलमा रोमान्टिक काम गर्न रोक्छ । हामीहरु अधिकांश ठूलो परिवारमा आवद्ध भएका कारण निजी स्थान पाउन निकै कठिन हुन्छ,’ पिंक मरिर नामको चलचित्र समे बनाएका रंगायनले भने राजधानी दैनिकले छापेको छ । सामान्य जोडिले सार्वजनिक स्थलमा हात समाउँदा सामान्य नै मानिन्छ, तर समलिंगीले त्यसो गरे त्यसलाई समाजले मान्दैन् ।