राजेश हमाल मन्त्री बन्न तयार

यतिबेला राजनीतिको केन्द्रमा छ- चुनावका लागि सहमतीय सरकार । यस्तो सरकार बने मन्त्री पद पाइएला कि नपाइएला भनेर सत्ताधारीदेखि बिपक्षी दलका नेताहरुसम्मले हिसाव-किताव गरिरहेका बेला नेपाली सिनेमाका नायक राजेश हमालले मन्त्री बन्न तयार रहेको घोषणा गरेका छन् । बलिउडका थुप्रै चर्चित कलाकारहरु राजनीतिमा सहभागी भइरहे पनि नेपालमा त्यस्तो अबस्था निकै दुर्लभ छ । कलाकारले नेताका हातबाट टीका र अबिर ग्रहण गरेर पार्टी प्रवेश गर्नेबाहेक नेता बन्ने प्रयास गरेका छैनन् । तर, नायक हमालले भने राजनीतिमा आउने मात्र हैन, चुनाव अगााडी नै सहमतिको सरकार बने मन्त्रीसमेत बन्ने इच्छा व्यक्त गरेका छन्

विश्वका कुनै पनि देशका चर्चित कलाकारहरुले राजनीतिलाई रोजेका छैनन् ।’ शनिवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा संचारकर्मीसँग हमालले भने-’तर सबै क्षेत्रको सहभागीतामा मन्त्रीमण्डल बिस्तार भएको खण्डमा म मन्त्री हुन तयार छु ।’ २२ बर्ष अभियनमा बिताएका हमाललाई यतिबेला राजनीतिमा आउने रहर जाग्नु अस्वभाविक भने हैन् । उमेरका कारण ‘हिरोइजम’ गुमाउनुपर्ने अबस्थामा सायद हमालले राजनीतिलाई रोज्ने तरखर गरेका हुनसक्छन् । उनका लागि राजनीतिसँगको संगत त्यति नौलो भने हैन् । उनका पिता चूडाबहादुर हमाल लामो समयसम्म कुटनीतिक क्षेत्रमा काम गरेका थिए । भिडियो सहित हेर्नुको लागि तल क्लिक गर्नुस