‘धुर्मुर्स’ छाडेर ‘तक्मे बूढातिर’ लागे ‘माग्ने बूढा’

जोडी बनाउँदै हास्य यात्रा सुरु गरी लोकप्रिय हास्य टेलिशृङ्खला मेरी बास्सैमार्फत दर्शकलाई हसाइरहेका सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बूढा’ले औपचारिक ब्यबसायीक सहकार्य तोडेका छन् । ‘ब्यबसायीक जोडी टुटेकै हो, ब्यक्तिगत सम्बन्ध भने राम्रै छ’ माग्ने बूढा अर्थात केदार घिमिरेले शनिवार प्रकाशित अन्नपूर्ण पोष्टसँगको अन्र्तवार्तामा भनेका छन- ‘ हाम्रो सम्बन्ध बिगि्रयो, हामीवीचको खटपट इतिहास भएर गयो, अब आ-आफ्नै ढंगबाट अगाडी बढ्छौं ।’ २०६८ सालको गाइजात्रादेखि धुर्मुससँग सहकार्य टुटेको खुलासा गर्दै घिमिरेले भने- मैले त केही भनेको छैन, उहाँ कहिले मलाई भगवान भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, उहाँलाई नराम्रो भनेर म राम्रो बन्न सक्दिन ।’ घिमिरेले सितारामलाई भर्सटाइल कलाकारको रुपमा टिप्पणी गर्दै भने- केदार घिमिरे सिताराम कट्टेलजस्तो राम्रो कलाकार बन्न सकेको छैन् ।’

बोलचालै नभएको भन्ने हल्ला चाहिं सत्य नभएको भन्दै घिमिरेले सिताराम आफ्नो घरमा आउने, भेटेर कुराकानी गर्ने गरिरहेको बताए । जोडी टुटेकै कारण शृङ्खला खल्लो भएको भन्ने आफुलाई नलागेको भन्दै माग्ने बुढाले कम्पनी दुई जनाकै नाममा भएकाले यही तरिकाले अगाडी बढ्ने बताए । उनले आफ्नो नयाँ जोडी तक्मे बूढा अर्थात विल्सनबिक्रम राईसँग बनाएको घोषणा गरेका छन् । सिरियलमा बिल्सनबिक्रमलाई ल्याएदेखि नै दर्शकले दुई बूढालाई सँगै हेर्ने चाहना राखेकाले दर्शकको चाहना अनुसार नै जोडी बनाएको दावी गरे । नयाँ जोडीले कलाकारको महत्वाकांक्षा र टेलिभिजनहरुका कारण कलाकारको जोडी टुट्ने गरेको उनले बताए । कमेडी कलाकारहरुले अभ्यास र अध्ययनका लागि पर्याप्त समय नमिल्दा कमेडी दुब्लाएको घिमिरेले टिप्पणी गरे । भिडियो हेर्नुस