शनिको उपग्रहमा पनि ‘नाइल नदी’ (भिडियो सहित)

जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् । नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर मिसिने बताइएको छ । चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ । हेर्नुस् भिडियो