रक्सी सेवन गर्नबाट रोक्दा उम्लेको तातो पानी खन्याइदिएर श्रीमती छोरा घाइते !!

पौष १ । बाजुरा सदरमुकाम मार्तडी गाविस वडा नंबर ५ बाउलीका छिरिङ कुँवरले आफ्नी श्रीमती पावतीमाथि उम्लेको तातो पानी खन्याइदिएका छन् । तातोपानीबाट पार्वती र उनका डेढ वर्षीय छोरा आयुष घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । छिरिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्वतीले रक्सी सेवन गर्नबाट रोक्दा छिरिङले श्रीमतीमाथि तातोपानी खन्याएको बताइएको छ ।

भिडियो हेर्नुस