भैँसीको आक्रमणबाट मृत्यु

भैँसीको आक्रमणबाट महोत्तरीको बथनाहा गाविसमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने बथनाहा- ७ मरुवाही बस्ने वर्ष ७५ का हासिम कवारी हुन्। आज बिहान घरबाहिर घाम तापेर बसिरहेका कवारीलाई आफ्नै भैँसीले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए।

घाइते कवारीलाई परिवारजनले उपचारका लागि भारतीय सहर सुरसण्डमा लगेको र उनको उपचारकै क्रममा मृत्यु भएको स्थानीय माओवादी नेता सत्येन्द्र यादवले बताए। कवारीका नातिले भैँसीलाई चराउन वनमा लगिरहेका बेला त्यो भैँसीले हातको डोरी फुत्काएर कवारीमाथि आक्रमण गरेको थियो। रासस