१२ बर्षकी बालिकालाई कपडा च्यातचुत पारी नाङ्गो पारेर गरे बलात्कार

बझाङ । बझाङको चौधारी गाविस वडा न. ६ कि१२ वर्षीय कल्पना धामी (नाम परिवर्तन) माथि बलात्कारको प्रयास भएको छ । बलात्कारको प्रयास गर्नेमा सोही गाविसका अन्दाजी २६ बषिर्य धनु रावल रहेका स्थानियबासीले जनाएको छ । घरबाट करिब २०० मिटर टाढा सुकाउन राखेको कपडा लिन जाँदा सो बलात्कारको प्रयास भएको पिडित युवतीले बताईन् । शरिरमा रहेको कपडा च्यातचुत पारी नाङ्गो अवस्थामा बलात्कार गर्न खोजेको र मैले नाइनास्ती गर्दा जबरजस्ती लछारपछार गर्न थाल्यो, भुईमा लडे,कराउन थालेपछि स्थानियले उद्घार गरे ।

मलाई मार्ने धम्की दिनुका साथै जबरजस्ती गर्न खोज्दा आफ्नो दाहिने हात समेत भाचिएको उनले बताएकी छन् । पीडीत धामीलाई उपचारका लागी जिल्ला अस्पताल बझाङमा भर्ना गरिएको छ । अस्पतालका प्रमुख डा. इन्द्रप्रसाद पौडेलका अनुसार बालिकाको शरिरमा बलात्कार गर्न खोज्दाका संघर्षका चिन्हहरु भेटिएकाले बलात्कारको प्रयास भएको तर सफल नभएको बताएका छन । उनकी आमाले अपराधी लाई कारर्बाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिई सकेको र महिला अधिकारकर्मी ,मानब अधिकारकर्मी ,पत्रकारहरुसँग न्यायका लागि पहल गरि दिन आग्रह समेत गरेको जनएकी छिन् । बलात्कारको प्रयास गर्ने रावल लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।