प्रहरीबाट बचाउने मोबाइल प्रविधि

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? जनताको सुरक्षा गर्ने प्रहरीबाटै जनता असुरक्षित भएपछि निमुखा जनताले केही उपाय त गर्नैपर्यो ।

अमेरिकामा रहेका शिख धर्माबलम्बीहरुले पनि आफुहरु राज्य तथा प्रहरीबाट असुरक्षित भएको भन्दै आत्मरक्षाका लागि अनौठो प्रविधिको विकाश गरेका छन् ।
एक जना युवकले एउटा यस्तो मोबाइल एप्लिकेसनको विकाश गरेका छन् जसले प्रहरी तथा सरकारी तन्त्रको अत्याचारको विरुद्धमा एक दस्तावेजको रुपमा काम गर्नेछ ।

फ्लाई राइट नामको उक्त एप यस्तो प्रकारको एप हो जसमार्फत व्यक्तिले सप्रमाण आफ्नो उजुरी दर्ता गराउन सक्छ ।

वास्तवमा पुलिसको गुण्डागर्दीको रेकर्ड राख्नका लागि यो मोबाइल एप्लिकेसन तयार गरेको यो एप बनाउने एलेक्जेन्डर सलोनको दाबी छ । पुलिसको कुनैपनि हर्कत रेकर्ड गर्नका लागि यो एप भएको मोबाइलको रेकड बटन दबाइदिए पुग्छ ।

रेकर्ड बटन दबाइदिएसँगै स्विच अफ गर्दा जस्तै गरी मोबाइलको स्त्रिmन बन्द हुन्छ तर मोबाइले भिडियो रेकर्ड गरिरहेको हुन्छ ।

प्रहरीको ज्यादती विरुद्ध अदालतमा मुद्दा हाल्नका लागि आवश्यक प्रमाण जुटाउन यो एपले सहयोग गर्ने बताइएको छ