एउटै खेलमा नौ खेलाडीलाई रेडकार्ड (भिडियोसहित)
मेक्सिकोको एउटा सेकेन्ड डिभिजनको फुटबल खेलमा रेफ्रीले ६ खेलाडी र तीन सब्स्टिच्युट गरी नौ जनालाई रेडकार्ड देखाएका छन्। एस्टुडियान्टेस र डोराडोस टिमबीच भएको फुटबलमा खेलाडीहरुले एक अर्कालाई लखेट्दै फ्लाइङ किक हानेका थिए। आधा घण्टा खेल स्थगित भएपछि नौ जनालाई रेडकार्ड देखाएपछि बल्ल रेफ्रीले स्थिति नियन्त्रणमा लिन सफल भएका थिए। धेरै वटा रेडकार्ड खाए पनि खेल भने एस्टुडियान्टेसले २-१ले जित्यो। खेलमा झडप सुरु हुँदा खेल सकिन सात मिनेटमात्रै बाँकी थियो। हेर्नुस् झडपको भिडियो


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं