सुकुटी बनाउन आगो बाल्दा गोरखामा आगलागी
गोरखा, कात्तिक - आज राति भएको आगलागीबाट गोरखाको बारपाक गाउँ विकास समिति-३ का स्थानीयवासी माइला गुरुङ, कान्छा गुरुङ र देव गुरुङको घर जलेको छ।
दसैँका लागि काटिएको राँगाको मासु सुकुटी बनाएर राख्नका लागि घरभित्र आगो बाल्दा घरमा आगलागी भएको स्थानीय मानसिंह गुरुङले जानकारी दिए।
आगो नियन्त्रणमा लिने प्रयास आज रातिसम्म जारी छ। आगलागीबाट कति क्षति भयो भन्ने जानकारी आउन बाँकी छ। आगो नियन्त्रणका लागि बारपाक प्रहरी चौकीका प्रहरीहरु, स्थानीय गाउँलेहरु लागिपरेका छन्।
आगोले अन्य घरहरुलाई असर गर्न नदिन कोसिस भइरहेको एमाओवादी बारपाकका अध्यक्ष सुकबहादुर विश्वकर्माले बताए। घनाबस्ती रहेको गाउँमा आगलागी हुँदा यहाँका बासिन्दाहरु त्रसित छन्।