उपत्यकामा भेटियो किंग कोब्रा (तस्बिरसहित)

रूट्स एन्ड सुट्स संस्थाले पक्राउ गरेको सर्प किंग कोब्रा भएको पहिचान गरेको थियो। सरिसृप विज्ञ प्राध्यापक करनबहादुर शाहले पक्राउ गरेको सर्प किंग कोब्रा भएको प्रमाणित गरेका थिए। ‘स्वयम्भुमा केही वर्ष अघि मृत अवस्थामा भेटिएको ९ फिट लामो किंग कोब्रा बाहेक उपत्यकामा पहिलो पटक जीवितै भेटिएको हो’,शाहले भने।
कोबरालाई स्थानीयले अन्धो सर्प भनी चिन्ने गरेका छन्। यो विश्वकै धेरै विष भएको सर्पको कोटीमा आउँछ। १८ फिट सम्म लामो हुने कोबरा ओसिलो वातावरण हुने र बाक्ला र बढी पानी पर्ने वनमा पाइन्छ। वनस्पति तथा वन्यजन्तुको अवैध व्यपार सम्बन्धि अभिसन्धि साइटिसले महत्वपूर्ण मान्दै किंग कोब्रालाई दोस्रो अनुसूचिमा राखेको छ।