४३ किमि माथिबाट हाम्फालेर आवाजभन्दा छिटो पृथ्वीमा (फोटो फिचरसहित)
२९ असोज, काठमाडौं । अस्ट्रियाका स्काइडाइभर फिलेक्स वामग्राट्नरले ध्वनिभन्दा तिब्र गतिमा पृथ्वीमा अबतरण गर्ने कीर्तिमान बनाएका छन् । फिलेक्सले १ हजार ३ सय ४२ किलोमिटरप्रति घण्टाको दरले दुरी पार गर्दै यो रेकर्ड बनाएका हुन् ।
४३ वर्षे फिलेक्सले गएराति पृथ्वीभन्दा ३९ किलोमिटर माथिबाट हाम फालेर १० मिनेटमा पृथ्वीमा अवतरण गरेका हुन् । यससँगै उनले ५० वर्ष अघिको सबैभन्दा उच्च स्थानबाट हाम फालेर बनाएको रेकर्डसमेत तोडेका छन् । उनी पृथ्वीमा अबतरण गरेको दृष्य भिडियो क्यामेराबाट कैद गरिएको थियो भने कन्ट्रोल रुमबाट उनको तिब्र यात्राको निगरानी गरिएको थियो ।
आफ्नो यात्राका क्रममा उनले ध्वनीको रफ्तारलाई पनि पछि छाडे र एक समय १३४२ किलोमिटर प्रतिघण्टाको रफ्तारसम्म पुगे । उनलाई जमिनसम्म आइपुग्न मात्र १० मिनेट लागेको थियो । जमिन नजिकै आएपछि केही हजार फिटको दुरीमा उनको प्यारासुट खुलेको थियो । सन् १९६० मा किटिगरले पृथ्वीभन्दा ३१ किलोमिटर माथिबाट हाम फालेर रेकर्ड बनाएका थिए ।
फिलेक्सको रेकर्डलाई हाल आधिकारिक रुपमा घोषणचा गरिएको छैन । फेडेरेशन एशोनोटिक इन्टरनेशन एफएआईले पुष्टि गरेपछि मात्र उनको कीर्तिमानको औपचारिक घोषणा हुनेछ ।
हेलमेटको हिटरले काम गरेन
जब यनी बेलुनबाट हामफल्ने अन्तिम तयारीमा थिए । उनको हेलमेटको एक हिटरले काम गर्न छाड्यो । जसका कारण हेलमेटमा सास लिँदा हावा भरिएको थियो र मानिसहरुमा चिन्ता बढेको थियो । जमिनमा उत्रदै गर्दा जव उनले हावामा हात हल्लाए, तब जमिनमा बसिरहेका उनका परिवार र साथीभाईले खुसी मनाए ।
उनले यस साहसिक कामका लागि एक विशेष दबाव सुछ लगाएका थिए, ता कि कुनै खतरा नहोस् । सुटमा विशेष हावाको दबाव बनाएर राखिएको थियो, जुन अन्तरिक्ष यात्रीहरुकले लगाउँछन् ।