राजनीतिक सहमति नहुने भो,माओवादी प्रस्ताव अस्वीकार
काठमाडौं,कार्तिक १३
विवादित विषय थाती राखेर संविधान जारी गर्ने वा यही सरकारले संविधानसभाको चुनाव गराउने एमाओवादी दाहालले लिखित रूपमा दुई दललाई शनिबार दिएको प्रस्तावबारे धारणा बनाउन आइतबार बसेको दुई दलको बैठकले सहमतीय सरकार नबनेसम्म कुनै पनि विषयमा सम्झौता हुन नसक्ने भन्दै दाहालको प्रस्तावलाई दुई मुख्य प्रतिपक्षी दल कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । एमाओवादी अध्यक्ष दाहालले शनिबार कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर विवादित विषय थाती राखी संविधान जारी गर्ने सर्तमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव गरेका थिए । त्यसो गर्न कांग्रेस र एमाले सहमत नभए डा। बाबुराम भट्टराईकै नेतृत्वमा संविधानसभाको नयाँ चुनावमा जाने उनको प्रस्ताव थियो । दाहालले सरकारको नेतृत्वमा विवाद भए गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने अर्को विकल्प पनि अघि सारेका थिए । एमाओवादीका तर्फबाट दाहालले अघि सारेको सोही लिखित प्रस्तावमाथि सामूहिक धारणा बनाउन आइतबार दुई दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।
सत्तारूढ एमाओवादी र मधेसी मोर्चासहित चार पक्षको ३ असोजमा भएको बैठकले संविधानसभा पुनस्स्थापनाको विकल्प अन्त्य गर्दै नयाँ निर्वाचनमा जाने सहमति गरे पनि पछिल्लोपटक एमाओवादीले पुनस्स्थापनाको मुद्दालाई अगाडि सारेको छ । एमालेका पूर्वसांसद् कृष्णलाल महर्जनको बालकुमारीस्थित निवासमा भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी थिए । यस्तै, एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहभागी थिए ।